शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एनसेल फुडमान्डुले ल्यायो खानाका परिकारमा १५० रुपैयाँको छुट अफर

बुधबार, ०६ फागुन २०८२, २० : १४
बुधबार, ०६ फागुन २०८२

काठमाडौँ । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा छुट सुविधा प्रदान गरेको छ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउँछन् । 

फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँको छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ । 

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सकिने जनाइएको छ ।  

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एकभन्दा बढी १५० रुपैयाँ छुटका कुपनहरू प्राप्त गर्नेछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ । 

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहने जनाइएको छ र यो अरू कसैलाई नदिन फुडमान्डुले भनेको छ, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्युवल प्याक, सापाटी प्याक र गिफ्ट प्याक खरिदमा भने लागु नहुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप