एमाले नेता मानन्धर र ढकालसहित ७८ जना कांग्रेस प्रवेश
बिहीबार, ०७ फागुन २०८२, १७ : २६
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वसांसद रामवीर मानन्धरसहित ७८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसँगै जनार्दन ढकाललगायत कांग्रेस प्रवेश गरेका हुन् ।
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपछि मानन्धरलाई पार्टी प्रवेश गराइएको थियो । ढकाल एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष थिए । मानन्धरलाई भने अघिल्लो पटकको निर्वाचनमा एमालेले कारबाही गरेको थियो । यद्यपि चुनाव नजिकिएसँगै उनीमाथिको कारबाही फुकुवा गरिएको थियो । त्यसयता उनी निष्क्रिय रहँदै आएका थिए ।
ढकाल भने एमालेबाट दुई पटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण