शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी–२० विश्वकप

ओमान १०४ रनमै समेटियो, एडम जाम्पाको घातक बलिङ

शुक्रबार, ०८ फागुन २०८२, २० : ५२
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपमा ओमान मात्र १०४ रनमा अलआउट भयो।
  • अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिएर ओमानलाई सस्तोमा रोके।
  • ओमानका वसिम अलीले सर्वाधिक ३२ रन बनाए।

क्यान्डी । टी-२० विश्वकपको अन्तिम समूह चरणको खेलमा ओमान मात्र १०४ रनमा अलआउट भएको छ। श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा शुक्रबार टस जितेर अस्ट्रेलियाले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमान १६.२ ओभरमा सबै विकेट गुमाउँदै सस्तैमा समेटिएको हो।

ओमानलाई सस्तोमा रोक्न अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले समान २-२ विकेट हात पारे।

ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप