सात महिनामा २ करोड ४५ लाख पिस कन्डम आयात
शनिबार, ०९ फागुन २०८२, १६ : २०
काठमाडौँ । सात महिनाको अवधिमा २ करोड ४५ लाख पिस बराबर कन्डम आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा १५ करोड ८२ लाख ५० हजार रुपैयाँको २ करोड ४४ लाख ९३ हजार ११५ पिस कन्डम आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
उक्त परिमाणमा कन्डम आयात हुँदा ६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उल्लेख छ ।
परिवार नियोजनको अस्थायी साधनका रूपमा प्रयोग हुने कन्डम अस्ट्रेलिया, चीन, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, युएईलगायतका मुलुकबाट नेपालमा आयात हुँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण