ज्ञानेन्द्रप्रति प्रचण्डको कटाक्ष: इतिहासमा फ्याँकिएका मान्छेले चुनाव नहुने भ्रम फैलाउने ?
सारांश
- प्रचण्डले चुनाव नहुने भ्रम फैलाउनेहरूलाई आपत्ति जनाए, पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै टिप्पणी गरे।
- निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूको चलखेलको कुनै अर्थ नरहेको उनले बताए।
- प्रचण्डले नेकपालाई देशको नम्बर एक पार्टी बनाउन र नयाँ परिस्थिति सिर्जना गर्न निर्वाचनमा दृढतापूर्वक लाग्न आह्वान गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।
नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । शाहले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने केही दिनअघि बताएका थिए ।
उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे ।
उनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको केही अर्थ नरहेको स्पष्ट पारे । प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका विषयमा दृढतापूर्वक अडिएको धारणा राखे ।
देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एक पटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।
उनले केही दिन हावा हुरी आए जस्तो देखिए पनि हावा हुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर गरे ।
त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने सङ्कल्पको साथ नेकपा खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण