प्रतिनिधिसभा निर्वाचन : ११ प्रमुख जिल्ला अधिकारीमा महिला
सारांश
- प्रतिनिधिसभा निर्वाचनको लागि ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व महिलाले गर्दै छन्।
- कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला प्रमुख जिल्ला अधिकारी छन्।
- निर्वाचनमा कर्मचारी र सुरक्षा व्यवस्थापनको जिम्मेवारी महिला प्रमुख जिल्ला अधिकारीको काँधमा छ।
काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व अहिले महिलाले गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा जिल्ला प्रशासन कार्यालयले कर्मचारी र सुरक्षाको कमान्ड सम्हाल्छ ।
निर्वाचनको बेलामा कर्मचारी र सुरक्षा प्रबन्धको नेतृत्व गर्ने ११ जिल्लामा महिला छन् ।
गृह मन्त्रालयका अनुसार अहिले कोशी प्रदेशका ४, बागमती प्रदेशको १, गण्डकी प्रदेशका २, लुम्बिनी प्रदेशका २, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १/१ जिल्लामा प्रमुख जिल्ला अधिकारी महिला छन् ।
कोशीको संखुवासभामा सृजना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लिलाकुमारी केसी पाण्डे र खोटाङमा रेखा कँडेल प्रमुख जिल्ला अधिकारी छन् ।
बागमती प्रदेशको सिन्धुली जिल्लामा स्कीम श्रेष्ठ प्रमुख जिल्ला अधिकारी छिन् । गण्डकी प्रदेशमा कास्कीमा रुद्रदेवी शर्मा र मुस्ताङमा अजिता शर्मा प्रमुख जिल्ला अधिकारी छन् ।
लुम्बिनी प्रदेशका पाल्पामा बिनु बज्राचार्य कुँवर र पूर्वीरूकुममा सिता परियार, कर्णालीको डोल्पामा जुनु हमाल ढकाल र सुदूरपश्चिमको डोटीमा कल्पना घिमिरे नेपाल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण