दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
- सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन र पक्राउको कारण पेस गर्न आदेश दिएको छ।
- प्रसाईंलाई निर्वाचन विथोल्ने अभियान चलाउन लागेको आशंकामा प्रहरीले पटक–पटक पक्राउ गरेको छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको थियो । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका विषयलाई प्रहरीले अनुसन्धानको आधार बनाएर बयान लिएर छाडेको थियो ।
प्रसाईंले फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ । माघ ५ गते पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण