फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो
सारांश
- फिल्म 'आबाट आमा' ले ११ करोडभन्दा बढी कमाइ गरेको छ।
- चलचित्र विकास बोर्डका अनुसार फिल्मले शनिबारसम्म ४ लाख २३ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।
- चन्द्र पन्तको निर्देशन रहेको यस फिल्ममा आमा, बुबा र छोराको सम्बन्धको कथा देखाइएको छ।
काठमाडौँ । फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । फिल्मले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
यो अवधिसम्म फिल्मको टिकट ४ लाख २३ हजार १११ वटा टिकट बिक्री गरेको छ । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मले आमा बुबा र छोराबिचको सम्बन्धको कथा उठाएको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन) का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ ।
फिल्मलाई कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन् । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् ।
चुनावका कारण गत शुक्रबार रिलिजका लागि कुनै पनि नेपाली फिल्म नहुँदा यसको फाइदा सो फिल्मलाई पुगेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण