टी–२० विश्वकपमा बन्यो दोस्रो ठुलो स्कोर, हेटमायरको कीर्तिमानी अर्धशतक
मुम्बई । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी टी–२० विश्वकपको चौथो सुपर–८ खेलमा वेस्टइन्डिजले जिम्बाब्वेलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बाब्वेले टस जितेर पहिले फिल्डिङ रोजेपछि वेस्टइन्डिजले पूरा ओभरमा ६ विकेट गुमाएर २५५ रनको विशाल योगफल बनाएको छ ।
वेस्टइन्डिजका लागि शिमरोन हेटमायरले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्धशतक प्रहार गरे । उनले १९ बलमै आफ्नो अर्धशतक पूरा गर्दै टी–२० विश्वकपमा वेस्टइन्डिजका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने क्यारेबियाई ब्याट्सम्यानको आफ्नै रेकर्ड तोडेका छन् । उनले ३४ बलमा ८५ रनको विष्फोटक पारी खेले ।
वेस्टइन्डिजको पहिलो विकेट पावरप्लेको अन्तिम ओभरमा शाई होप (१४ रन) को रुपमा झरेको थियो, उनलाई ब्राड इभान्सले पवेलियन फर्काएका थिए । त्यस्तै, रिचर्ड नगारवाले ब्रैंडन किंग (९ रन) लाई आउट गरे ।
हेटमायरलाई ग्रीम क्रेमरले ब्रायन बेनेटको हातबाट क्याच आउट गराए ।
कप्तान रोवमन पावेलले पनि आज ५९ रनको महत्त्वपूर्ण योगदान दिए । उनलाई ब्लेसिङ मुजरबानीले ताशिंगा मुसेकिवाको हातबाट क्याच आउट गराएका थिए । रोमारियो शेफर्ड (२१ रन) लाई रिचर्ड नगारवाले रायन बर्लको हातबाट क्याच गराएका थिए ।
सन् २००७ मा श्रीलंकाले २६० रनको योगफल बनाएको थियो । त्यसपछि यो नै टी–२० विश्वकपको अर्को ठुलो स्कोर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण