सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् आजको राशिफल

मङ्गलबार, १२ फागुन २०८२, ०५ : ००
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल फाल्गुन १२ गतेको बार, तिथि, नक्षत्र र योगको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा ग्रहको गोचर अनुसार विभिन्न अवसर र चुनौतीहरू उल्लेख गरिएका छन्।
  • शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन १२ गते । मंगलबार । इस्वी सन् २०२६ फेब्रुअरी २४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–सप्तमी, २ घडी ६ पला, बिहान ७ बजेर ३४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका, २२ घडी ५७ पला, दिउँसो ३ बजेर ४६ मिनेट उप्रान्त रोहिणी । योग–ऐन्द्र, ४ घडी १३ पला, बिहान ८ बजेर १७ मिनेट उप्रान्त वैधृती । करण–वणिज, बिहान ७ बजेर ३४ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ० मिनेट । दिनमान २८ घडी ३१ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ३६ मिनेटसम्म रोग बेला ।
  • बिहान ६ बजेर ३७ मिनेटदेखि बिहान ८ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर २ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म चर बेला ।
  • बिहान ९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ५२ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर ५३ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो ३ बजेर १० मिनेटदेखि बेलुकी ४ बजेर ३४  मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर ३५ मिनेटदेखि बेलुकी ७ बजेर ३४ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो ३ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर ० मिनेटदेखि बिहान ५ बजेर ४८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवरका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा  लगानी गरी नाफा कमाउन सकिनेछ ।  
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । आफन्त तथा अग्रजसँगको भेटले मन प्रफुल्ल हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तर पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । परिवारका साथ हुने भेटले मन प्रसन्न हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू पुरा हुनेछन् । व्यापार, शेयर बजार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रमा केही समय खर्च हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । तर पनि कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) चली आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।  यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्दिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप