पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी
पर्सा । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ दाहालले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आवश्यक शान्ति, सुरक्षाको रणनीति तयार पारेको बताए ।
“हामीले अहिलेसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ”, उनले भने, “बाँकी रहेका दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गर्नेछौँ ।” प्रजिअ दाहालले भयरहित र शान्तिपूर्ण निर्वाचन गराउन सबै निकायले हातेमालो गरेर अघि बढ्नका लागि आह्वान गरे ।
जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तोकिएको ती मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने ८५ संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ ।
क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।
यहाँ चारवटा निर्वाचन क्षेत्र रहेका छन् । यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० मतदान केन्द्र रहेका छन् । त्यस्तै क्षेत्र नं ३ र ४ मा ११४ मतदान केन्द्र तोकिएको छ । पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् । तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण