बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विराटनगरमा १२ लाख बराबरको चोरी

मङ्गलबार, १२ फागुन २०८२, १२ : १८
मङ्गलबार, १२ फागुन २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१० स्थित शान्तिचोकमा एक घरबाट लाखौँ मूल्यको धनमाल चोरी भएको छ। स्थानीय सीता श्रेष्ठको घरलाई निशाना बनाउँदै चोरले करिब १२ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना र अन्य धनमाल चोरी गरेको हो। 

सोमबार भएको उक्त चोरीको घटनाले टोलबासीलाई त्रसित बनाएको छ। प्रहरीले घटनाको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको छ। 

चोरी भएको धनमालको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र यसमा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले शंकास्पद क्षेत्रहरूमा निगरानी बढाउनुका साथै फरार व्यक्तिको पहिचानका लागि स्थानीय सीसीटीभी फुटेजहरूसमेत अध्ययन गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप