‘लालिमा’ अभिनय अघि १० यौनकर्मी भेटेँः अभिनेत्री कार्की
काठमाडौँ । अभिनेत्री रोश्नी कार्कीले फिल्म ‘लालिमा’ अभिनय अघि आफूले १० यौनकर्मी भेटेको बताएकी छन् । फिल्मको कथा यौनकर्मीको मानसिकतामा केन्द्रित रहेकोले अभिनयका लागि नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न आफूले उनीहरूलाई भेट्नु परेको उनको भनाइ छ ।
‘यौनकर्मीहरूसँग मैले कुराकानी गरेँ । उहाँहरूले आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो’, उनले रातोपाटीसँग भनिन्, ‘त्यसले फिल्मको पात्र निर्माणमा मलाई सजिलो भयो ।’ त्यसरी भेटिएका यौनकर्मीहरू कलेज पढ्ने किशोरीदेखि अधबैँसे उमेरसम्म रहेका उनले सुनाइन् ।
‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । उनीहरू किशोरीदेखि अधवैँश उमेरसम्मका छन्’, उनले भनिन्, ‘आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’
फागुन २९ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’मा रोश्नी यौनकर्मीको चरित्र ‘लालिमा’को भूमिकामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण