नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट उम्मेदवारी दिएका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
'जाँतो' चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका चौधरी निर्वाचनको ९ दिनअघि रास्वपामा समाहित भएका हुन् ।
उनलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, सोही क्षेत्रका रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द तथा हरि रेग्मीलगायत नेताहरूले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । रेशम चौधरी संरक्षक रहेको नाउपाले कैलालीका पाँच वटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो ।
थारू समुदायका मुद्दा र सरोकारका विषयमा रास्वपाले उठाएका एजेन्डाहरू चित्त बुझेका कारण चौधरी उक्त पार्टीमा आबद्ध भएका केन्द्रीय सदस्य लक्ष्मण थारूले बताएका छन् ।
पार्टी परिवर्तन गरे पनि कानुनी र प्राविधिक रूपमा चौधरीको उम्मेदवारी भने कायमै रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण