उपभोक्ता अदालतको अध्यक्षमा डा भट्ट नियुक्त
सारांश
- मन्त्रिपरिषद्को बैठकले डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गर्यो।
- डा. भट्टले कानुनमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन्।
- उनी कानुन र न्याय क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्।
काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौँ जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो ।
डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण गरेका छन् र उनी महेन्द्र विद्या भुषण ‘ख’ बाट विभूषित भएका थिए । उनले हङकङ विश्वद्यालय हङकङबाट अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा प्रथम श्रेणीमा कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री हासिल गरेका छन् ।
कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधि (पिएचडी) डिग्री हासिल गरेका छन् । उनका न्याय र कानुनका क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित हुनाका साथै उनको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दखल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण