टर्कीमा लडाकू जेट दुर्घटना, पाइलटको मृत्यु
टर्की । टर्कीमा लडाकू जेट विमान ( एफ–१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदामा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ । खोजी र उद्धार अभियान मार्फत भग्नावशेष फेला पारि पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुने मन्त्रालयले जनाएको छ ।
यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भए पछि टर्कीले सी–१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो ।
अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ–१६ विमानहरू पटिल्लो समयमा दुर्घटनाग्रस्त भएका छन् । जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।
पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ–१६ दुर्घटनाग्रस्त हुँदा पनि पाइलटको मृत्यु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण