कलंकी–बसुन्धारा खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीलाई कर छुट दिने सरकारको निर्णय
बुधबार, १३ फागुन २०८२, १४ : १३
काठमाडौँ । सरकारले काठमाडौँ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने निर्णय गरेको छ ।
यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको काम अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माण सामग्री, उपकरणको आयात, निर्माण सामग्री खरिदलगायतमा लाग्ने सबै भन्सार तथा आन्तरिक करहरूमा छुट दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । सोही बेला सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो र ती हटाइए पनि काम बढ्न सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम सरकारले बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
-
रास्वपा महाधिवेशनः मतदान भोलि
-
नेपालको सङ्घीय शासन प्रणालीलाई कसरी थप सक्षम, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ?
-
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
-
बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण