सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्गा प्रसाईं रिहा

बुधबार, १३ फागुन २०८२, १५ : १२
बुधबार, १३ फागुन २०८२

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । 

सर्वोच्च अदालतको आदेशअनुसार उनी बुधबार रिहा भएका हुन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो । 

तर, प्रक्रिया पूरा नभएका कारण उनी बुधबार मात्रै रिहा भएका हुन् । 

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप