सब–इन्जिनियर हत्या प्रकरण : सीमा नाकाबाट दुई जना पक्राउ
सारांश
- सर्लाहीमा सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या आरोपमा दुई जनालाई नेपाल-भारत सिमानाबाट पक्राउ गरिएको छ।
- फागुन ३ गते साँझ सब-इन्जिनियर यादवको मलंगवामा गोली हानी हत्या भएको थियो, उनलाई घर बाहिर बोलाएर गोली हानिएको थियो।
- प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन र घटनाबारे सोधपुछ भइरहेको छ।
काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न आरोपमा प्रहरीले नेपाल–भारत सिमानाबाट दुई जनालाई पक्राउ गरेको छ । फागुन ३ मा साँझ गोली प्रहार बाट सब–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका हुन् ।
हत्यामा संलग्न दुई जना आरोपीलाई पक्राउ गरिएको मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीहरूलाई सीमा नाकाबाट पक्राउ गरेर घटनाबारे सोधपुछ भइरहेको छ ।’ पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
भेट्न बोलाएपछि बाहिर निस्कँदा हत्यामा संलग्नहरूले उनको छातीमा गोली प्रहार गरेर भागेका थिए । नेपाल इन्जिनियर्स एसोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो । सब–इन्जिनियर यादवको हत्याबारे मधेस प्रदेश प्रहरी कार्यालय र वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका अधिकृतहरूले अनुसन्धान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण