शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल फाल्गुन १५ गते शुक्रबारको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न पेशा, व्यवसाय, प्रेम सम्बन्ध, र स्वास्थ्यसम्बन्धी भविष्यवाणीहरू उल्लेख गरिएको छ।
- शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन १५ गते । शुक्रबार । इस्वी सन् २०२६ फेब्रुअरी २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–एकादशी, ३९ घडी ३९ पला, बेलुकी १० बजेर २५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–आद्र्रा, ११ घडी १ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त पुनर्वशु । योग–आयुष्मान, ३३ घडी ४२ पला, बेलुकी ८ बजेर २ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ११ बजेर २७ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर २५ मिनेट उप्रान्त बव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १ मिनेट । दिनमान २८ घडी ४३ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३३ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर ० मिनेटदेखि बिहान ९ बजेर २५ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर २६ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो ३ बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ५१ मिनेटदेखि दिउँसो १२ बजेर १७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । शरीरमा आलस्यता बढेर जानेछ भने भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तर पनि विदेशमा बसेर काम गर्नेहरूका लागी वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रसँग सम्बन्धित पेसा वा कामबाट लाभ मिल्नेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । साङ्गीतिक क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो दुरीको अफिसियल यात्राको योग रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पति पत्नीबिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउनेछ । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । कृषि तथा सहकारी पेसा व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण