कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा
विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताए । उनले सुरक्षा रणनीतिअनुसार संवेदनशील, अतिसंवेदनशील स्थान र सुरक्षा चुनौतीको आकलन गरी विशेष निगरानी तथा प्रहरी परिचालन गरिने जानकारी दिए ।
कार्यालय प्रमुख घिमिरेका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा १२ हजार नेपाल प्रहरी, २३ हजार निर्वाचन प्रहरीलगायत जनशक्ति परिचालन हुनेछन् ।
निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेका सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेशमा २८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । यहाँ ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्, जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालयका अनुसार कोशीमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदानस्थल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण