अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको आग्रह
काठमाडाैँ । निर्वाचन आयोगले अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह गरेको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरूलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रहरूमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन आग्रह गरेको हो ।
साथै आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरू समेत तयारी अवस्थामा राख्न आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार यसका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गरे बमोजिम गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको छ ।
सोही अनुसार नेपाल सरकारबाट सबै प्रदेश सरकार तथा स्थानीय तहमा पत्राचार भइसकेको छ ।
आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था गरिदिनुहुन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले अनुरोध गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण