यस्तो छ कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको चुनावी कार्यक्रम
सारांश
- गगनकुमार थापा मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्दैछन्।
- उनले सर्लाही, रौतहट, बारा र पर्साका चुनावी सभालाई सम्बोधन गर्नेछन्।
- उपसभापति विश्वप्रकाश शर्माले आज गुल्मी, डोल्पा र अछाममा सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
सो क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।
गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।
सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बागलुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
बुटवलको सभामा उपसभापति पुष्पा भुसाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए । शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।
उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् ।
डोल्पाबाट अछाममा दुई ओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवालयले जनाएको छ ।
आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपराह्न ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण