अमेरिकी राष्ट्रपति ट्रम्पले भने– इरानविरुद्धकाे सैन्य कारबाही विशाल अभियान
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई 'विशाल र जारी' अभियान भनेका छन्।
- ट्रम्पले अमेरिकाको सुरक्षा हित जोगाउन यो अभियान सुरु गरिएको बताएका छन्, र इरानको क्षेप्यास्त्र उद्योगलाई नष्ट गर्ने कुरा उल्लेख गरे।
- उनले इरानले आणविक कार्यक्रम पुनःनिर्माण गर्ने प्रयास गरिरहेको र अमेरिकाले अब सहन नसक्ने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध चलिरहेको सैन्य कारबाही ‘विशाल र जारी’ अभियान रहेकाे बताएका छन् । उनले यो अभियान अमेरिकाको सुरक्षा हित जोगाउन सुरु गरिएको बताएका छन् ।
शनिबार भिडियो सन्देशमार्फत बोल्दै ट्रम्पले भने- ‘अमेरिकी सेनाले यो अत्यन्तै दुष्ट, कट्टरपन्थी तानाशाहीलाई अमेरिका र हाम्रो मुख्य राष्ट्रिय सुरक्षा हितलाई खतरामा पार्नबाट रोक्नको लागि एक विशाल र निरन्तर अपरेसन गरिरहेको छ ।’ ‘हामी तिनीहरूको क्षेप्यास्त्रहरू नष्ट गर्नेछौँ र तिनीहरूको क्षेप्यास्त्र उद्योगलाई जमिनमा पुर्याउनेछौं’ अझ अगाडि उनले भनेका छन् ।
ट्रम्पका अनुसार इरानले अमेरिकी आक्रमणपछि पनि आफ्नो आणविक कार्यक्रम पुनःनिर्माण गर्ने प्रयास गरिरहेको छ । ‘उनीहरूले आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्ने प्रत्येक अवसर अस्वीकार गरे, अब हामी सहन सक्दैनौँ,’ उनले भने ।
अभियानको उद्देश्य अमेरिकामाथि सम्भावित खतरा हटाउनु रहेको दोहोर्याउँदै उनले सैन्य दबाब निरन्तर रहने सङ्केत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण