इरानी आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ : युएई
सारांश
- संयुक्त अरब इमिरेट्सले इरानबाट हानिएका ब्यालेस्टिक मिसाइलहरू अवरोध गरेको पुष्टि गर्यो।
- आक्रमणपछि खसेका छर्राले आबुधाबीको आवासीय क्षेत्रमा क्षति पुर्यायो र एक व्यक्तिको मृत्यु भयो।
- युएईले घटनालाई राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन ठहर्याउँदै भूभाग जोगाउन प्रतिकार गर्ने चेतावनी दियो।
आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट हानिएका ब्यालेस्टिक मिसाइलहरूले देशलाई लक्षित गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार वायु प्रतिरक्षाले तीमध्ये धेरै मिसाइल सफलतापूर्वक अवरोध गरेको छ । सरकारी वक्तव्यअनुसार अवरोधपछि खसेका छर्राले आबुधाबीको एक आवासीय क्षेत्रमा भौतिक क्षति पुर्याउनुका साथै एसियाली मूलका एक व्यक्तिको मृत्यु भएको छ ।
मन्त्रालयले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै नागरिक संरचना, सुविधा र राष्ट्रिय संस्थामाथि लक्षित गर्नु पूर्ण रूपमा अस्वीकार्य रहेको जनाएको छ । ‘यस्ता कार्य खतरनाक रूपमा तनाव बढाउने र नागरिकको सुरक्षा तथा स्थिरतालाई कमजोर पार्ने कायरतापूर्ण कदम हुन,’ वक्तव्यमा भनिएको छ ।
युएईले यस घटनालाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन ठहर गर्दै आवश्यक सबै उपाय अपनाएर आफ्नो भूभाग जोगाउने र प्रतिकार गर्ने पूर्ण अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ । देश कुनै पनि खतरा सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण