प्रतिनिधि सभा निर्वाचन
प्रलोपाका गिरीराजको उम्मेदवारी निष्क्रिय, हिमाल शर्मालाई समर्थन
आइतबार, १७ फागुन २०८२, १५ : २७
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट काठमाडौँ क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा उम्मेदवार बनेका गिरीराज अर्याल (राकेश)को उम्मेदवारी निष्क्रिय भएको छ ।
काठमाडौँ क्षेत्र न. ६ का नेपाली कम्युनिस्ट पार्टी(नेकपा) उम्मेदवार हिमाल शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । उनले तारा चिह्नमा मतदान गरी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरे ।
वर्तमान परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टी नै स्पष्ट एजेन्डा सहित अगाडी बढिरहेको अग्रगामी पार्टी भएको उनले बताए । उनीसहित सम्पूर्ण क्षेत्रीय कमिटी नेकपामा समाहित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण