सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

मध्यपूर्वमा तनाव : नेपालीको अवस्थाबारे मन्त्रीहरूसँग प्रधानमन्त्रीले लिइन् जानकारी

आइतबार, १७ फागुन २०८२, १७ : २०
आइतबार, १७ फागुन २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभयो।
  • प्रधानमन्त्रीले परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग छलफल गर्नुभयो।
  • मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् । 

प्रधानमन्त्री कार्कीले आइतबार अपराह्न २ मन्त्रीलाई बालुवाटार बोलाएर मध्यपूर्वको तनाव र नेपालीको अवस्थाका विषयमा जानकारी लिएकी हुन् । 

मध्यपूर्वका विभिन्न देशमा तनाव बढ्दै गएपछि त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपालीहरु रहेका छन् । उनीहरुको सुरक्षा सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ । आइतबा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप