सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० विश्वकप

वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा

आइतबार, १७ फागुन २०८२, २३ : ०६
आइतबार, १७ फागुन २०८२

सारांश

  • भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।
  • वेस्ट इन्डिजले १९५ रन बनाए पनि भारतले १९९ रन बनाउँदै जित हासिल गर्यो।
  • यो जितसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको छ।

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको निकै महत्त्वपूर्ण खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै भारतले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा घरेलु टोली वेस्ट इन्डिजको विश्वकप यात्रा भने समाप्त भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको बलियो योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेसले २५ बलमा ४० रनको योगदान दिए । यस्तै, जेसन होल्डरले २२ बलमा ३७ रन र कप्तान रोभम्यान पावेलले १९ बलमा ३४ रन जोड्दै टोलीलाई उच्च स्कोरसम्म पुर्‍याएका थिए ।

१९६ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएर रोमाञ्चक जित हासिल गर्‍यो । भारतको जितमा ओपनर संजु सामसन नायक बने । उनले मात्र ५० बलमा ९७ रनको सानदार अविजित इनिङ्स खेले । यस्तै, तिलक वर्माले १५ बलमा २७ रन र सूर्यकुमार यादवले १६ बलमा १८ रनको योगदान दिए ।

भारतले ४ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै ५ विकेटको जित निकाल्यो । यस हारसँगै वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ भने भारतले सेमिफाइनलको यात्रा तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप