तेहरान र बेरुतमा एकैसाथ इजरायली आक्रमण
तेल अभिभ । इजरायलले मंगलबार बिहान तेहरान र बेरुतमा एकैसाथ सैन्य आक्रमण गरिरहेको छ । इजरायली वायुसेनाले जारी गरेको वक्तव्यअनुसार यी आक्रमणहरू इरानी शासनका सैन्य ठेगाना र इरान समर्थित हिज्बुल्लाहका संरचनालाई लक्षित गरी गरिएको हो ।
इजरायली सेनाले यसअघि इजरायली लडाकु विमानलाई निशाना बनाउन प्रयोग गरिएको इरानको मिसाइल प्रक्षेपण स्थल र हवाई प्रतिरक्षा प्रणालीमा प्रहार गरिएको बताएको थियो । मिसाइल लञ्चर सशस्त्रीकरणका प्रयास, प्रत्यक्ष फायरिङ साइट, ब्यालेस्टिक मिसाइल र सम्बन्धित संरचनामाथि आक्रमण जारी रहने चेतावनी सेनाले दिएको छ ।
यसैबिच, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी फौजले इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का कमान्ड तथा नियन्त्रण केन्द्र, इरानी हवाई प्रतिरक्षा क्षमता, मिसाइल र ड्रोन प्रक्षेपण स्थल तथा सैन्य एयर फिल्ड नष्ट गरेको जनाएको छ ।
उता, इरानले पनि रातभर खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकहरूलाई लक्षित गर्दै हवाई आक्रमण जारी राखेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण