नागार्जुनमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
बुधबार, २० फागुन २०८२, ०९ : ३०
सारांश
- काठमाडौंको नागार्जुनमा शंकास्पद वस्तु फेला परेको थियो, जुन सुरक्षाकर्मीले निष्क्रिय पारे।
- स्थानीयले खबर गरेपछि सेनाको बम डिस्पोजल टोलीले सो वस्तु निष्क्रिय पारेको हो।
- निर्वाचन बिथोल्न खोज्ने समूहले रङको बाल्टिनमा बालुवा भरेर राखेको पाइएको छ।
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–२ स्थित तिनघरेमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले निस्तेज पारेका छन् । बुधवार बिहान स्थानीय शोभ रेग्मीको घर अगाडी सडकमा रातो कपडामा बेरेर राखेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो ।
घटनाबारे स्थानीयले खबर गरेपछि सेनाको बम डिस्पोजल टोली सो बस्तु निष्क्रिय बनाएको हो । प्रतिनिधिसभा निर्वाचन बिथोल्न खोज्ने समूहले रङको बाल्टिनमा बालुवा भरेर राखेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
बाल्टीबाट तार निकालेको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण