सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा मतदान तथा मतगणनास्थल निर्माण अन्तिम चरणमा

बुधबार, २० फागुन २०८२, १८ : ००
बुधबार, २० फागुन २०८२

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मतदान तथा मतगणनास्थल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार शान्ति सुरक्षाका लागि सुरक्षा समितिको बैठक निरन्तर बसिरहेको छ।

मतदानस्थलमा खटिएका कर्मचारीहरूले अहिले मतदाताका लागि लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, फर्निचर राख्ने, घेराबार गर्नेलगायत अन्य तयारीका कामहरू धमाधम गरिरहेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै मतदाता छन् । यस वडामा दुई वटा मतदान केन्द्र तोकिएको छ, लुम्बिनी वाणिज्य क्याम्पस र नवीन औद्योगिक माध्यमिक विद्यालय । 

वडा नम्बर १ मा कुल १७ हजार ९४३ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार ५० मतदाता रहेका छन्।

eg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप