कपिलवस्तुबाट एक सय ६ जना चेलीको उद्धार, १२ अभियुक्त जेल चलान
माधव बेल्वासे
कपिलवस्तुको कृष्णनगरवाट एक वर्षको अवधिमा १ सय ६ जना चेलिहरुलाई उद्धार गरिएको छ । महिला वेचविखनमा सक्रिय भुमिका खेलेका १२ जना लाई जेल चलान गरिएको छ । के आई नेपाल शाखा कार्यलय कपिलबस्तुले आर्थिक बर्ष ०७३∕७४ मा सिमा निगरानी तथा सोधपुछ गर्ने क्रममा बिभिन्न समयमा नियन्त्रणमा लिएका केशहरु जिल्ला अदालत कपिलबस्तुबाट फैसला गरि १२ जनालाई जेल चलान गरेको छ ।
सिमा निगरानी संगै घरमा कुनै जानकारि नदिई भारत तर्फ विभिन्न बहाना बनाएर जाने चेली हरु १०६ जनालाई सुर्िरक्षत साथ उद्धार गरेको छ । उद्दार गरिएका ८ जना चेलीहरु जो अत्यान्त आर्थिक अबस्था कमजोर भएकालाई केआई नेपालले आत्मनिर्भरको लागि चितवन सेफ होम पठाएको छ ।
केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले करिब १ दशक कृष्णनगर सिमा क्षेत्रमा रहि काम गर्ने शिलशिलामा यस बर्ष मानब बेचबिखनमा संलग्न गिरोहहरुले यस नाकालाई बढि प्रयोग गरेको पाइएको केआई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए । सीमामा रहि मानब बेचबिखन बिरुद्ध काम गर्ने क्रममा नेपालबाट भारत जादै गरेका ३ हजार ४सय ८१ जना चेलीहरुलाई मानब बेचबिखन तथा लैंगिक हिंसा बाट सजग रहन र सचेत हुनका लागि परामर्श प्रदान गरिएको संयोजक बिशकर्माले बताए ।
केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले कृष्णनगरको सिमा नाका र यात्रुगेटमा बिहान देखि बेलुकि सम्म सिमा निगरानीमा गरिरहेको छ ।यसरि सिमा निगरानीबाट नियनत्रणमा आएका बिचौलियाहरुलाई इलाका प्रहरि कार्यलय कृष्णनगर र असथाई प्रहरि चौकि ंिलगेटको पुर्ण सहयोग बाट धैरै अभियुक्त हरुलाई नियन्त्रणमा लिन सकेको बिशकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’