अपडेट
चार घण्टामा १० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहीबार, २१ फागुन २०८२, १२ : ००
काठमाडौँ । बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुस्त भएको छ ।
बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८२४ (१०.१८ प्रतिशत) मत खसेको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण