ललितपुरमा ३ बजेसम्म ४६ प्रतिशत मत खस्याे
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुरमा दिउँसो ३ बजेसम्म कुल ४६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार दिउँसो ३ बजेसम्म ४६ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेको जानकारी दिए । उनका अनुसार हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरमा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् ।
ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन् । ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्रबाट हाल मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण