पाँचथरमा १२ बजेदेखि मतगणना सुरु हुने
काठमाडौँ । पाँचथर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुमार मास्केले मतगणनाका लागि आवश्यक सबै तयारी पुरा भएको र केही बेरमा गणना सुरु गरिने रातोपाटीलाई जानकारी दिए ।
यसअघि बसेको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाटै मतगणना सुरु गर्ने सहमति गरेको भए पनि व्यवस्थापकीय तयारी र मतपेटिका खोल्ने प्रक्रियाका कारण केही ढिलाइ भएको उनले बताए ।
‘सर्वपक्षीय बैठक सम्पन्न भइसकेको छ र ११ बजेबाट गणना सुरु गर्ने सहमति भएको थियो,‘मुख्य निर्वाचन अधिकृत मास्केले भने,‘अहिले व्यवस्थापनको काम भइरहेको छ र मतपेटिकाहरू खोलिँदै छन् । लगत्तै १२ बजेसम्ममा हामी औपचारिक रूपमा गणना सुरु गर्नेछौँ ।’
अहिले गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ र राजनीतिक दलका प्रतिनिधिहरू पनि गणना स्थलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका चार उपमहानगरको बजेट सार्वजनिक : कसको बजेट कति ?
-
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
-
काममा खुसी महसुस कसरी गर्ने ?
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण