अहिलेसम्म खातै खोल्न नसकेको एमाले उम्मेदवारको यी १४ स्थानमा अग्रता
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) ले अहिलेसम्म १४ स्थानमा मात्र अग्रता लिएको छ।
- रास्वपाले सयभन्दा बढी क्षेत्रमा अग्रता लिइरहँदा एमाले पछि परेको छ।
- बाँके-२ मा मोहम्मद इश्तियाक राई अग्रतामा छन् भने भानुभक्त ढकाल र गोकर्ण राज विष्टले पनि अग्रता कायमै राखेका छन्।
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्रता लिइरहँदा एमालेले भने अहिलेसम्म १४ स्थानमा मात्र अग्रता बनाएको हो । बाँके-२ मा मोहम्मद इश्तियाक राई १४ हजार ६१ मतका साथ अग्रतामा छन्।
त्यस्तै, तेह्रथुममा भानु भक्त ढकाल र गुल्मीमा गोकर्ण राज विष्टले पनि आफ्नो क्षेत्रमा अग्रता कायमै राखेका छन्। अन्य क्षेत्रमा भने एमालेका उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि परेका देखिन्छन्।
एमालेले अग्रता लिएका १४ निर्वाचन क्षेत्र र उम्मेदवारहरूको नामावली -
मोहम्मद इश्तियाक राई: बाँके - २ (१४,०६१)
भानुभक्त ढकाल: तेह्रथुम - १ (७,५१०)
गोकर्णराज विष्ट: गुल्मी - २ (७,१६९)
डम्बरबहादुर सिंह: जाजरकोट - १ (६,२५३)
नारायण प्रसाद आचार्य: पाल्पा - १ (५,११७)
दीपकबहादुर धामी: डोटी - १ (४,८७६)
प्रदिपकुमार कटुवाल क्षेत्री (के सी): सिन्धुली - १ (४,७०३)
ऐन बहादुर महर: बझाङ - १ (४,११८)
लक्ष्मी प्रसाद पोखरेल: दैलेख - २ (२,९५५)
अस्मिता थापा: ओखलढुंगा - १ (२,५२७)
खिम बहादुर थापा: स्याङजा - २ (२,०४३)
यज्ञ बहादुर बोगटी: अछाम - २ (१,५३९)
गणेश सिंह ठगुन्ना: दार्चुला - १ (६८३)
रामचन्द्र मण्डल: धनुषा - १ (६११)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण