शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अछाममा नेकपा र एमालेको अग्रता, घन्टी निकै पछाडि

शनिबार, २३ फागुन २०८२, ०५ : ०२
शनिबार, २३ फागुन २०८२

धनगढी । अछामका दुवै निर्वाचन क्षेत्रमा नेकपा र एमालेले सुरुवाती अग्रता कायम राखेका छन् भने रास्वपाका उम्मेदवारहरू निकै पछि परेका छन् । 

अछाम क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो परिणामअनुसार डा. भीम रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झिनो मतान्तरले अग्रता लिएका छन् । तारा चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका डा. रावलले ५,४५३ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन्, उनलाई नेकपा एमालेका उम्मेदवार दीपक साउदले कडा टक्कर दिइरहेका छन् । साउदले हालसम्म ५ हजार २५८ मत प्राप्त गरेका छन्। रावल र साउदबिचको मतान्तर १९५ मात्र रहेको छ। उनीहरुबिच प्रतिस्पर्धा निकै रोचक छ । 

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वार ४ हजार ५२० मतसहित तेस्रो स्थानमा रहेका छन्। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव भने अछाम–१ मा कमजोर देखिएको छ । रास्वपाका उम्मेदवार ओमप्रकाश रावल सुरुवाती चरणको गणनामा निकै पछाडि परेका छन् । उनले हालसम्म मात्र ७७५ मत प्राप्त गरेका छन् । जुन मुख्य प्रतिस्पर्धीहरूको तुलनामा निकै कम हो । 

यस्तै अछाम–२ मा पनि रास्वपा पछि छ। यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले सुरुवाती अग्रता लिएका छन्। कांग्रेसका पुष्प शाह दोस्रो र तेस्रोमा रास्वपाका भुपेन शाह छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप