हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ
सारांश
- चितवन-३ मा नेकपाकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै हार स्वीकारिन्।
- उनले भरतपुरको विकास र सुशासनका लागि नौ वर्ष काम गरेको बताइन्, र सोभिता गौतमलाई बधाई दिइन्।
- दाहालले निर्वाचनमा आफूलाई विश्वास गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ दिने प्रतिबद्धता जनाइन्।
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।
चितवन-३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गरेकी छन्। विकासका लागि जनतामैत्री नीति–नियम आवश्यक रहेको महसुस भएपछि १५ महिना कार्यकाल बाँकी हुँदाहुँदै भरतपुर महानगरपालिकाको प्रमुख पदबाट बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको उनले बताइन्।
निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरिन्। आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि काम गर्न उनले शुभकामना दिएकी छन्।
निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले यो विश्वास कहिल्यै नबिर्सने बताइन्। साथै चुनावी अभियानमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि उनले धन्यवाद दिएकी छन्।
चितवनबासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता समेत दाहालले व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण