बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू

बिहीबार, २१ जेठ २०८३, १६ : ०२
बिहीबार, २१ जेठ २०८३

कानठमाडाैँ । सगरमाथाको खतरनाक खुम्बु आइसफॉल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुङ्गाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्। 

हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबिच उनले गरेको सङ्घर्षलाई उद्धारकर्ताहरूले ‘अविश्वसनीय जीवित यात्रा’ भनेर वर्णन गरेका छन्।

चैत १३ गते काठमाडौँको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए। कुकको रूपमा काम गर्ने दावा शेर्पा हिमालतर्फ उक्लिएका थिए।

परिवारका अनुसार उनी क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिएका थिए। तर क्याम्प ४ तर्फ जाने क्रममा उनी अचानक सम्पर्कविहीन भए।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनहरूमा स्पष्ट जानकारी दिन सकेन। कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो, तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन। तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ।

यसैबिच, हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडीहरू सामना गरे। घिस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ उनले केही खानेकुरा भेट्टाएर खाए। त्यसपछि तल झर्ने क्रममा उनी एक खोँचभित्र रातभर आश्रय लिएर बसे।

भोलिपल्ट बिहान खुम्बु आइसफॉल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो।

सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घिस्रिरहेको अवस्थामा देखिएका थिए। टोलीले तत्काल उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ। संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।

यसैबिच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ। घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

01-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_102-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_203-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_304-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_405-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_606-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_707-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_808-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_909-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_1010-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_1111-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_1212-Dawa Sherpa_Nepal Photo Library_HOSPITAL_13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप