सिन्धुली–१ मा एमाले, रास्वपा र कांग्रेसबिच कडा प्रतिस्पर्धा
सारांश
- सिन्धुली-१ मा एमाले, रास्वपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
- एमालेका प्रदीपकुमार कटुवालले १३,९४० मत प्राप्त गरेका छन् भने रास्वपाका धनेन्द्र कार्कीले १३,६४४ मत ल्याएका छन्।
- कांग्रेसका उज्ज्वल प्रसाद बरालले १२,७५३ मतका साथ कटुवाल र कार्कीलाई पछ्याइरहेका छन्।
काठमाडौँ । सिन्धुली–१ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार प्रदीपकुमार कटुवालले १३ हजार ९४० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनेन्द्र कार्कीको त्यो भन्दा ३९६ मतको झिनो अन्तरले पच्छ्याइरहेका छन् । कार्कीले १३ हजार ६४४ मत प्राप्त गरेका छन्।
कटुवाल र कार्कीलाई नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बरालले १२ हजार ७५३ मतका साथ पच्छ्याइरहेका छन् ।
त्यहाँ नेकपा उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदीले ३ हजार ९३८ मत, श्रम संस्कृति पार्टीका निम बहादुर मोक्तानले १ हजार ७३३ मत, उज्यालो नेपाल पार्टीका मोती लाल तामाङले ४३७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम नारायण अधिकारीले ४३१ मत, मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर घलानले १५४ मत, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का सुशील हमालले १४५ मत, राष्ट्रिय परिवर्तन पार्टीका सन्तोष कुमार सुनुवारले १२५ मत, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र बखुन्छेले २२ मत र स्वतन्त्र उम्मेदवार अमृत बहादुर विश्वकर्माले २२ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण