मोरङका तीन क्षेत्रमा एमालेको जमानत जफत
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा नेकपा एमालेका उम्मेदवारको जमानत जफत भएको छ।
- मोरङ क्षेत्र नम्बर ४, ५ र ६ मा रास्वपाका उम्मेदवारहरू विजयी भए भने नेपाली कांग्रेसका उम्मेदवारहरू प्रमुख प्रतिद्वन्द्वी रहे।
- जमानत जोगाउन नसक्दा एमालेका जीवन घिमिरे, मनोज अग्रवाल र विनोद ढकाल लगायतका उम्मेदवारको जमानत जफत भयो।
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा नेकपा एमालेका उम्मेदवारको जमानत जफत भएको छ । अहिलेसम्म मोरङका ६ क्षेत्रमध्ये परिणाम घोषणा भएका तीन वटै क्षेत्रमा एमालेको जमानत जफत भएको हो ।
मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा क्षेत्र नम्बर ६ बाट रास्वपाकै रुविना आचार्य ५५ हजार ५१३ मतसहित र क्षेत्र नं. ५ मा सोही पार्टीका आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् ।
तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख प्रतिद्वन्द्वी भएका छन् । मोरङ–६ मा नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र रायको जमानत जफत हुँदा एमालेका उम्मेदवारहरू मोरङ ४ का जीवन घिमिरे, ५ का मनोज अग्रवाल र ६ का विनोद ढकाल तीनै जनाको जमानत जफत भएको छ ।
जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । मोरङ–४ बाट कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले १२ हजार ८१८ ल्याउँदा तेस्रो हुँदा नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । घिमिरे र मोदीको जमानत जोगिएको छ ।
तर सोही क्षेत्रबाट एमालेका जीवनले ६ हजार ९३३ मत पाए । उनको जमानत जोगिएन । मोरङ– ४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ ।
मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । क्षेत्र नम्बर ६ मा कोइरालाको मात्रै जमानत जोगिएको छ । ८ हजार ३१७ मतसहित तेस्रो भएका एमालेका ढकालको जमानत जोगिएन । एमालेसँगै नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भयो ।
मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको थियो । यस्तै, ७८ हजार ५२९ मत खसेको मोरङ ५ मा ७० हजार ५६० मत सदर भएको छ भने । ७ हजार ९६९ मत बदर भएको छ । सो क्षेत्रमा कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित निकटतम् प्रतिद्वन्द्वी भए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६१४ मत पाए । उनीहरूको जमानत जोगिएको भए पनि नकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत मात्र प्राप्त गरेकोले जमानत जोगिएन ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए । उनको पनि जमानत जफत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण