सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यक्ष ओलीले राजीनामा नदिएको भन्दै एमाले कास्कीका सल्लाहकारले दिए राजीनामा

आइतबार, २४ फागुन २०८२, १० : १४
आइतबार, २४ फागुन २०८२

सारांश

  • नेकपा एमाले कास्कीका सल्लाहकार सदस्य खगराज आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग गर्दै पदबाट राजीनामा दिए।
  • आचार्यले एमालेको लज्जास्पद हारपछि पनि ओलीले राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाए।
  • २०७४ को निर्वाचनमा वडाध्यक्ष जितेका आचार्यले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

पोखरा । नेकपा एमाले कास्कीका सल्लाहकार सदस्य खगराज आचार्यले पदबाट राजीनामा दिएका छन् । एमालेको लज्जास्पद हारपछि पनि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै उनी आफैले राजीनामा बुझाएका हुन् । 

‘नेकपा एमालेका पार्टी अध्यक्ष  केपी शर्मा ओलीको लज्जास्पद हार पश्चात् पनि अध्यक्ष पदबाट तत्काल राजीनामा नदिएको यस घडीमा म कास्की जिल्ला पोमनपा वार्ड नं। २१ निवासी  खगराज आचार्यले आजैको मितिबाट लागु हुने गरी नेकपा एमाले कास्की जिल्ला कमिटीको सल्लाहकार पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् । 

आचार्य २०७४ को निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २१ को अध्यक्ष निर्वाचित भएका थिए । उक्त वडालाई एमालेले आफ्नो किल्ला ठान्दै आएको थियो । विगतका निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत एमालेले पाउने यो वडामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएको छ । आचार्य पार्टीले पछिल्ला दिनमा गरेका गतिविधिप्रति सन्तुष्ट छैनन् । 

उनले दैनिकजसो अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वले पार्टी हाँक्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनले आफ्नो वडाध्यक्षको कार्यकालमा पनि एमाले पार्टीबाट खासै सहयोग नपाएको गुनासो गर्ने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप