चार प्रदेशमा नेकपाको प्रतिनिधित्व शून्य, धनबहादुरले जोगाए एकीकृत समाजवादीको बिउ
काठमाडौँ । चार प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व शून्य देखिएको छ । अन्तिम मतपरिणाम र अग्रताको आधारमा यस्तो देखिएको हो ।
परिणाम अनुसार कोशी, मधेस, गण्डकी र सुदूरपश्चिममा नेकपाका कुनै उम्मेदवारले जित निकाल्न सकेनन् । बागमती प्रदेशको सिन्धुपाल्चोक–२ मा युवराज दुलालले जित हासिल गर्दा लुम्बिनीका २ र कर्णालीका ४ स्थानमा नेकपाले जित निकालेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाबाट वर्षमान पुन निर्वाचित हुँदा रुकुम पूर्वबाट पार्टीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट भने रुकुम पश्चिम, कालीकोट, सल्यान र डोल्पामा सो पार्टीले विजय हासिल गरेको छ ।
रुकुम पश्चिममा गोपाल शर्मा, कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल र डोल्पामा धनबहादुर बुढा निर्वाचित भएका हुन् । मधेस प्रदेशको धनुषा–१ मा अहिले मतगणना भइरहेको छ । मतगणनामा रास्वपा अगाडि देखिए पनि उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी खारेज भएका कारण त्यसपछि बढी ल्याउने उम्मेदवार विजयी घोषित हुने सम्भावना छ । त्यहाँ सोही पार्टीका मातृका यादव हालसम्म दोस्रो स्थानमा रहेकोले मधेसबाट शून्य नहुने प्राविधिक सम्भावना भने बाँकी नै छ ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत पार्टीसँग एकता गरेर बनेको नेकपामा निर्वाचित सांसदमध्ये धनबहादुर बुढा तत्कालीन एकीकृत समाजवादीका नेता हुन् । बाँकी सबै माओवादी केन्द्रका हुन् ।
तत्कालीन एकीकृत समाजवादीका माधव कुमार नेपाल, राजेन्द्र पाण्डे, भीम रावल लगायत उम्मेदवारहरू यस पटक पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण