सुदूरपश्चिममा एमाले ३ सिटमा सीमित
सारांश
- सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले ३ वटा सिटमा जित हासिल गरेको छ।
- २०७९ को निर्वाचनमा एमालेले २ सिट जितेकोमा यसपटक एक सिट थपेको छ।
- दार्चुला, बझाङ र अछाममा एमालेका उम्मेदवारहरू विजयी भएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले ३ वटा सिटमा जित हासिल गरेको छ । अघिल्लो २०७९ को निर्वाचनमा २ सिटमा जितेको एमालेले यस पटक एक सिट थप्दै आफ्नो उपस्थिति ३ सिटमा पुरयाएको हो । यद्यपि, एमालेले प्रदेशका १६ मध्ये १३ सिट गुमाएको छ भने ६ वटा जिल्लामा चुनावमा पार्टी निल भएको छ।
यस पटकको नतिजाअनुसार दार्चुलामा एमालेका गणेश ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, बझाङमा ऐन महरले १८ हजार ५४३ मतसहित जित निकालेका छन्।
अछाम क्षेत्र नम्बर २ मा यज्ञ बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै एमालेलाई अर्को जित दिलाएका छन् । यी तीन क्षेत्र बाहेक अन्यत्र भने एमालेका उम्मेदवार पराजित भएका छन् ।
२०७९ सालको निर्वाचनमा एमालेले कञ्चनपुर–१ र बैतडी गरी जम्मा २ सिट जितेको थियो । त्यसबेला कञ्चनपुर–१ मा तारा लामा तामाङ २४ हजार ९४३ मत र बैतडीमा दामोदर भण्डारी ३३ हजार ६११ मतसहित संसदमा पुगेका थिए।
अघिल्लो पटकको तुलनामा एमालेले यसपालि एक सिट बढाउन सफल भए पनि अधिकांश जिल्लामा भने नतिजा गुमाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण