सन् २००८ को आर्थिक सङ्कट नदोहोरिने अर्थशास्त्री अघियोनको दाबी
काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोनले सोमबार बताएका छन् ।
“यदि युद्ध लामो समय ( धेरै हप्ता) सम्म रहेमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरभन्दा माथि पुग्छ र यसबाट मुद्रास्फीतिलाई धेरै बढाउने छ र सन् १९७३ को जस्तो तेलको सङ्कटको अवस्था आउनेछ,” अघियोनले आरटीएल रेडियोसँग भने।
“म सम्भावित मन्दी देख्छु तर पतन देख्दिन। उदाहरणका लागि मैले सन् २००८ को वित्तीय सङ्कट जस्तो सम्भावना केही देख्दिन,” उनले भने । सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो।
“यस्तो झट्काका लागि युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूको समन्वयमा नीति बनाउने र प्रतिक्रिया दिने गर्नु आवश्यक हुनेछ,” उनले भने।
जी–७ का अर्थमन्त्रीहरूले सोमबार बजारलाई शान्त पार्न रणनीतिक तेल भण्डार जारी गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। “लामो र व्यापक द्वन्द्वले विश्वव्यापी वृद्धिलाई घटाउनेछ,” रचनात्मक विनाशको माध्यमबाट दिगो वृद्धिमा आफ्नो कामका लागि सन् २०२५ को अर्थशास्त्रमा नोबेल पुरस्कार पाउनुभएका अघियोनले भने।
सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट अमेरिकी घरजग्गाको पतनको कारण उत्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण