शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिममा उम्मेदवारमध्ये १४४ जनाको जमानत जफत

मङ्गलबार, २६ फागुन २०८२, ११ : ०१
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • सुदूरपश्चिममा चुनाव लडेका २०६ जना मध्ये १४४ जनाको जमानत जफत भएको छ।
  • कैलालीमा ५८, कञ्चनपुरमा ४२, डडेल्धुरामा ९ जना उम्मेदवारको जमानत जफत भएको छ।
  • निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको हो।

धनगढी ।  सुदूरपश्चिममा २०६ उम्मेदवारमध्ये १ सय ४४ जनाको जमानत जफत भएको छ । 

प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा २०६ जनाले सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ । यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा थिए, जसमध्ये ४२ जनाको जमानत जफत भएको हो ।

डडेलधुराका १३ मध्ये ९ उम्मेदरवारले जमानत जोगाउन सकेनन् । बैतडीमा पनि ११ जनामध्ये ६ जनाको यस्तै अवस्था रह्यो । दार्चुलामा ११ उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भयो । डोटीमा पनि ९ उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ । यसैगरी बझाङमा ७ मध्ये ३ उम्मेदवारको जमानत जफत भयो । 

अछाम–१ मा ८ जना उम्मेदवार रहेका थिए, जसमध्ये ५ जनाको जमानत जफत भयो । बाजुरामा पनि ८ उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप