मधेसबाट श्रम संस्कृति पार्टीलाई समानुपातिकमा ९ हजार १०३ मत, सबैभन्दा थोरै रौतहट–३ मा (विवरणसहित)
सारांश
- प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिक तर्फको गणना अन्तिम चरणमा पुगेको छ।
- श्रम संस्कृति पार्टीले राष्ट्रिय मान्यता प्राप्त दलको दर्जा हासिल गरेको छ, तर मधेस प्रदेशमा भने कमजोर देखिएको छ।
- श्रम संस्कृति पार्टीले महोत्तरी-१ मा सबैभन्दा बढी र रौतहट-३ मा सबैभन्दा कम मत प्राप्त गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ ।
जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलको दर्जा हासिल गरिसकेको छ । यद्यपि सो पार्टी मधेस प्रदेशमा भने कमजोर देखिएको छ ।
निर्वाचन आयोगका अनुसार श्रम संस्कृति पार्टीले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रबाट समानुपातिकतर्फ धेरथोर मत प्राप्त गरेको छ । यो पार्टीले समानुपातिकतर्फ महोत्तरी क्षेत्र नम्बर १ बाट मधेसका अन्य क्षेत्रको तुलनामा बढी मत प्राप्त गरेको छ । महोत्तरी–१ बाट श्रम संस्कृति पार्टीले समानुपातिकमा एक हजारभन्दा बढी मत पाएको छ ।
यस्तै सबैभन्दा कम मत रौतहट क्षेत्र नम्बर ३ मा पाएको छ ।
मधेसका कुन निर्वाचन क्षेत्रबाट कति मत ?
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ सप्तरी–१ मा २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत पाएको छ ।
यस्तै, सिराहा–१ मा २५५, सिरहा–२ मा ३१७, सिरहा– ३ मा ३९० र सिरहा–४ मा १४४ मत पाएको छ । धनुषा–१ मा ४६२, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३, र धनुषा–४ मा यो पार्टीले ५१८ मत पाएको छ ।
समानुपातिकतर्फ महोत्तरी–१ मा श्रम संस्कृति पार्टीले एक हजार ३०८ मत पाएको छ । यस्तै, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत पाएको छ ।
यसैगरी सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१, सर्लाही–४ मा २७ मत पाएको छ ।
श्रम संस्कृति पार्टीले रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा २ र रौतहट–४ मा १० मत पाएको छ । मधेस प्रदेशका ३२ क्षेत्रमध्ये श्रम संस्कृति पार्टीले रौतहट–३ मा तुलनात्मक रूपमा निकै कम मत पाएको हो ।
यस्तै, बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६, बारा–४ मा ४४९, पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा यो पार्टीले २०३ मत समानुपातिक तर्फ पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण