समानुपातिकबाट सांसद बनेका कर्णालीका दुई नेतृको प्रत्यक्षमा जमानत जफत
सुर्खेत । अघिल्लो निर्वाचन (०७९)मा समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सांसद बनेका कर्णालीका दुई जना महिला नेतृको जमानत जफत भएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अनिशा नेपालीको जमानत जफत भएको हो ।
विनिता जुम्लाबाट उम्मेदवार थिइन् । रास्वपाका सभापति रवि लामिछाने निकट मानिने उनले यो पटक जुम्लामा आफुले नै चुनाव जित्ने दाबीसहित टिकट हात पार्न सफल भएकी थिइन् ।
प्रतिनिधि सभादेखि युट्युबहरुमा अनेक टिप्पणी गर्दैै चर्चामा रहिरहने विनिताले जम्मा ४२१ मत मात्रै ल्याइन् । लज्जास्पद हार भएपछि उनी रोएको भिडिओ सामाजिक सञ्जालमा अहिले चर्चामा छ ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले नै दोस्रो पटक ११ हजार ६३५ मत ल्याएर चुनाव जिते । दोस्रोमा नेकपाका नरेश भण्डारीले ११ हजार ६३५, तेस्रोमा कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ र चौथौमा एमालेका शान्तिालाल महतले ४ हजार ५१८ मत पाउँदा विनिताले पाँचौ नम्बरमा मत पाइन् ।
जसरी उनले चुनावी अभियान चलाएकी छिन्, त्यो अनुसार उनी प्रतिस्पर्धामै आउन सकिनन् । उता सल्यानमा राप्रपाकी निवर्तमान समानुपातिक सांसद अनिशा नेपालीले भने विनिताको भन्दा दोब्बर बढी मत पाएकी छिन् ।
यद्यपि उनले जमानत बचाउन सकिनन् । छटौँ नम्बरमा मत पाएकी उनले ९०२ मत पाएकी छिन् ।
यहाँ नेकपाका रमेशकुमार मल्लले २३ हजार १८९ मतसहित चुनाव जित्दा दोस्रोमा रास्वपाका ललितकुमार चन्द, तेस्रोमा कांग्रेसका केशबहादुर विष्ट, चौथौमा एमालेका गुलाबजंग शाह र पाँचौं नम्बरमा विप्लव नेतृत्वको माओवादीका चन्द्रबहादुर खड्काले मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण