आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाका रविकिरणको चुनाव खर्च ३ लाख ६० हजार

मङ्गलबार, २६ फागुन २०८२, १९ : १७
मङ्गलबार, २६ फागुन २०८२

सुर्खेत । जेनजी अभियन्ता भनेर चिनिएका रविकिरण हमालले चुनावमा लज्जास्पद हार ब्यहोरेका छन् । 

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका एक अगुवा कहलिएका हमाल सुर्खेत–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनाव लडेका थिए ।

तर उनी जम्मा १ हजार ४९ मत पाएर पाँचौ स्थानमा सीमित भएका छन् । २८ वर्षीय रविकिरण राप्रपाको केन्द्रीय सदस्य पनि हुन् । जसरी उनले चुनावी अभियानलाई सशक्त बनाएका थिए, त्यो अनुसार मत पाएनन् ।

उनको पक्षमा माहोला बनाउन भन्दै राप्रपाकी सेलिब्रेटी नेतृ खुस्बु ओलीसमेत सुर्खेत पुगेकी थिइन् । उनले परिवर्तनको नारा लिएर चुनावी प्रचार गरिरहेका थिए ।

यद्यपि उनको चुनाव खर्च भने ३ लाख ६० हजार पुगेको छ । उनले आफ्नो चुनावी खर्च मंगलबार सार्वजनिक गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप