शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

बुधबार, २७ फागुन २०८२, ०८ : ३१
बुधबार, २७ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभा सदस्यहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरेको छ।
  • कार्यक्रममा पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
  • बहालवाला सदस्यहरूले अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई सहयोग गर्ने बताइएको छ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ । 

दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप